कतार विश्वकप : मेस्सी बसेको होटलको कोठालाई संग्रहालय बनाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    कतार विश्वकप : मेस्सी बसेको होटलको कोठालाई संग्रहालय बनाइने

    खबरपुञ्ज संवाददाता

    १२ पुष २०७९, बुधबार

    काठमाडौ । फिफा विश्वकप फुटबलका क्रममा अर्जेन्टिना फुटबल टिमका कप्तान लियोनल मेस्सी बसेको होटल ‘रुम’लाई संग्रहालय बनाइने भएको छ । उनी युनिभर्सिटी अफ कतारको रुममा बसेका थिए ।

    ३५ वर्षीय कप्तान मेस्सीले १९८६ पछि पहिलो पटक अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका थिए । विश्वकपको फाइनलमा साविक विजेता फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको थियो । मेस्सीले विश्वकपमा सात गोल गर्नुका साथै ३ गोलका लागि असिस्ट गरेका थिए ।

    उनको विश्वकपको यात्रा तथा योगदानलाई अमर बनाइने द सनले जनाएको छ । मेस्सी बसेको होटल रुमलाई संग्राहलय बनाइने तथा सर्वसाधारणका लागि खुल्ला गरिने छ । उनको ट्रफी तथा प्लेयर अफ द टुर्नामेन्टको प्रतिक समेत राखिने भएको छ ।

    समर्थकहरूले मेस्सीले उपाधि जित्दासम्मको समय कसरी बिताएको भन्नेबारे जानकारी पाउन सक्नेछन् ।