दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा बसको ठक्करबाट शनिबार दिउँसो स्कुटर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भानु नगरपालिका–१३ सम्जुर बस्ने ३२ वर्षीय शेख महमद रखिम मियाँ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पोखराबाट काठमाडौतर्फ जाँदै गरेको प्र.नं ३–०१–००६ ख ०९२४ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ग १३ प ३५५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका मियाँको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।
प्रहरीले बस चालक सिन्धुली गोलञ्जोरका ३३ वर्षीय चुक्तबहादुर ठकुरीलाई नियन्त्रणमा लिएको छ ।