दुई र दुई जोड्दा पाँच हुने परिस्थिति आयो : पौडेल (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दुई र दुई जोड्दा पाँच हुने परिस्थिति आयो : पौडेल (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    १७ माघ २०७९, मंगलवार

    दमाैली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई र दुई जोड्दा पाँच हुने परिस्थिति आएको बताएका छन् । अहिलेको राजनीतिक परिस्थितिलाई टिप्पणी गर्दै पौडेलले दुई र दुई चार नभई पाँच हुने अवस्था आएको बताए ।

    नेपाली कांग्रेस तनहुँले मंगलबार दमौलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले भने, “गणितमा दुई र दुई जोड्दा चार हुन्छ, तर यहाँ त कहिले पाँच र कहिले तीन हुने अवस्था आयो ।”

    पौडेल मंगलबार नै काठमाडौ फर्किएका छन् । पार्टी सभापतिले काठमाडौ आउन आग्रह गरेकाले उनी फर्किएका हुन् । अहिलेको अवस्थामा किन जिल्लातिर अलमलिएको भनेर सभापतिले फोन गरेको पौडेलले बताए ।

    कांग्रेसको मुख्य धान अहिले राष्ट्रपतिमा छ । प्रचण्डलाई एमालेसँगको गठबन्धन टुटाएर आफूतिर ल्याउन कांग्रेसले जोड गरिरहेको छ । पौडेल आफै राष्ट्रपतिको आकांक्षी हुन् ।