दमौली । म्याग्दे गाउँपालिका-२ स्थित न्यू भिजन युवा क्लवको आयोजनामा शनिबार सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
क्लवका अध्यक्ष राजिव श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष शिवबहादुर रानाभाटले युवाहरु समाज सुधारको बाटोमा अगाडी बढ्नुपर्ने बताए ।
थर्पु प्रहरी चौकीका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक नेत्रबहादुर क्षेत्रीले शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरीलाई नागरिकले सहयोग गर्नुपर्ने बताए ।
सो अवसरमा टोल सुधार समितिका अध्यक्ष प्रेम रानाभाट, क्लवका सल्लाहकार हरिकृष्ण श्रेष्ठ लगायतले धारणा राखेका थिए ।