तनहुँमा एमालेको मिसन ग्रासरुट अभियान सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा एमालेको मिसन ग्रासरुट अभियान सुरु

    खबरपुञ्ज संवाददाता

    १३ फाल्गुन २०७९, आईतवार

    दमाैली । नेकपा (एमाले) को केन्द्रीय कार्यक्रम अनुसार तनहुँमा मिसन ग्रासरुट अभियान सुरु भएको छ । एमाले तनहुँको आइतबार सम्पन्न सचिवालय बैठकले आगामी दुई महिनाका लागि उक्त अभियान सुरु गरेको हो ।

    मिसन ग्रासरुट अभियान अन्तर्गत म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिकामा सीमा क्षेत्री, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र भिमाद नगरपालिकामा बालसिं काउछा मगर, व्यास र भानु नगरपालिकामा विद्या भट्टराई, बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिकामा कृष्णप्रसाद पौडेल खटिएका छन् ।

    मिसन ग्रासरुट अभियानमा दशौं महाधिवेशनको कार्यदिशा, दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता विरुद्धको वैचारिक संघर्ष, विभिन्न राजनीतिक दलसँगको पार्टीका राजनीतिक वैचारिक भिन्नता, पार्टी निर्माण सम्बन्धी माक्र्सवादी दृष्टिकोण र पार्टी सदस्यका अधिकार, कर्तवय र कार्यशैली सम्बन्धमा प्रशिक्षण गरिने एमाले तनहुँका उपसचिव प्रदीपराज अधिकारीले जानकारी दिए ।

    एमाले जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षता र केन्द्रीय सचिव पद्मा अर्यालको उपस्थितिमा सम्पन्न बैठकले पार्टी सदस्यता नवीकरण र विस्तार मार्फत आधारभूत तहमा पार्टी सदस्यको तथ्याङक सङ्कलन गर्ने निर्णय गरेको छ ।

    बैठकले फागुन १६ र १७ बन्दीपुरमा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रममा पार्टीका उपमहासचिव तथा स्कूल विभाग प्रमुख प्रदीप ज्ञवालीले प्रशिक्षण दिनेछन् ।

    बैठकले फागुन २५ गते जिल्ला सल्लाहकारको बैठक, २६ गते मोर्चा संयन्त्रको बैठक, चैत १५ गतेभित्र विभागहरुको बैठक, वैशाख ४ र ११ गते पालिका पदाधिकारी र निर्वाचित जनप्रतिनिधिको संयुक्त बैठक, फागुन १९ गते व्यास, ऋषिङ, आँबुखैरेनी र म्याग्दे, २० गते भानु, बन्दीपुर, भिमाद र शुक्लागण्डकी, २१ गते देवघाट र घिरिङको बैठक आयोजना गरिएको छ ।