ऑबुखैरेनीले सञ्चालनमा ल्यायो हाटबजार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीले सञ्चालनमा ल्यायो हाटबजार

    खबरपुञ्ज संवाददाता

    १८ फाल्गुन २०७९, शुक्रबार

    दमौली । ऑबुखैरेनी गाउँपालिकाले हाटबजार सञ्चालनमा ल्याएको छ । स्थानीय कृषकले उत्पादन गरेका कृषि उपज एउटै ठाउँबाट विक्री वितरणका लागि गाउँपालिकाले हाटबजार सञ्चालन गरेको हो ।

    प्रत्येक शुक्रबार लाग्ने गरी ऑबुखैरेनी-३ अमिलीबोटेमा हाटबजार सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । यसले कृषकले उत्पादन गरेका सामग्री उपभोक्तामाझ पुर्याउन सघाउने विश्वास लिइएको उनी बताउँछन् ।

    कृषकले उत्पादन गरेका सामग्रीले बजार नपाउने समस्या रहेकाले हाटबजारबाट विक्री गर्दा बजार र मूल्य दुवै पाउने अपेक्षा गरिएको छ ।

    गाउँपालिकाले ६ वर्ष अघि नै उक्त स्थानमा हाट बजार सञ्चालनका लागि जग्गा भाडामा लिएको थियो । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै गाउँपालिकाले सोही स्थानमा हाट बजार सञ्चालन गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले बताए ।

    उक्त हाटबजारको शुक्रबार राष्ट्रियसभा सदस्य सुरेश आले मगरले उदघाटन गरे ।