शिक्षक नेतालाई भोट हाल्न सरकारी बसमा शिक्षक ओसारियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शिक्षक नेतालाई भोट हाल्न सरकारी बसमा शिक्षक ओसारियो

    खबरपुञ्ज संवाददाता

    २३ फाल्गुन २०७९, बुधबार

    दमौली । नेपाल शिक्षक संघ तनहुँको निर्वाचनमा भोट हाल्न सरकारी बस प्रयोग गरी शिक्षक ओसारिएको छ । व्यास नगरपालिका-२ सत्यवती माविमा मतदान भइरहँदा भानु नगरपालिका-९ स्थित कालिका माध्यमिक विद्यालयको बसमा शिक्षक ओसारिएको छ ।

    शिक्षक संघको चुनावका लागि सरकारी बसको दुरुपयोग गरिएको हो ।

    संघको अध्यक्षका लागि पॉच जना चुनावी मैदानमा छन्। अध्यक्षका लागि भरत काफ्ले, ज्ञानेन्द्र न्यौपाने, उपेन्द्र विष्ट, रमेशबाबु भट्टराई र चन्द्रमणि कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।

    दुई हजार दुई सय १२ मतदातामध्ये बिहान १० बजेसम्म ४ सय ३१ मत खसेको छ ।