काठमाडौ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सभामुख हुँदाको जस्तो पूर्वाग्रही व्यवहार नगर्न नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सुझाव दिएका छन् ।
पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि बधाई दिँदै बास्कोटाले उक्त सुझाव दिएका हुन् ।
उनले भनेका छन्, ‘नेपालको राष्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलज्युलाई हार्दिक बधाई । सभामुख हुँदाको जस्तो पूर्वाग्रही व्यवहार कसैप्रति नहोस र सडक जाम त आजैबाट अन्त भैहाल्छ।’