


दमौली । तनहुँ १ मा नेकपा एमालेका सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराएका छन् । उनले केहीबेर अगाडी मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा उम्मेदवारी दर्ता गराएका हुन् ।
खनालको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकब्हादुर राना रहेका छन् । मंसिर ४ मा भएको निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि बैशाख १० मा उपनिर्वाचन हुँदैछ ।
पहिलो उम्मेदवारी दर्ता राष्ट्रिय जनमुक्ति पार्टीका पुर्णबहादुर रानाले गराए । उनको प्रस्तावक मन्धरी आले र मिना थापा समर्थक रहेकी छन् ।
नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा गुरुङले पनि उम्मेदवारी दर्ता गराएकी छन् ।