दमौली । नेपाल मगर संघ गण्डकी प्रदेशको प्रथम उपाध्यक्षमा तनहुँका मणिराज थापा निर्वाचित भएका छन् । पोखरामा सम्पन्न दोस्रो अधिवेशनबाट थापा प्रथम उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनी मगर संघ तनहुँको निवर्तमान अध्यक्ष पनि हुन् ।
त्यस्तै प्रमुख सचिवमा तनहुँकै नन्दु थापा मगर चयन भएका छन् । उनी नेपाल आदिवासी जनजाति महासंघ तनहुँका वरिष्ठ उपाध्यक्ष हुन् ।
नेपाल मगर सङ्घ गण्डकी प्रदेश समितिको अध्यक्ष पदमा तारामाया थापामगर सर्वसम्मत निर्वाचित भएकी छिन् ।