दमाैली । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले रामचन्द्र पौडेलका लागि आफूले राष्ट्रपति पद समर्पित गरेको बताएका छन् । पौडेलको गृहजिल्ला आएर नेपालले आफूले उक्त मौका पाउँदा पनि पौडेललाई सो पद समर्पित गरिदिएको दावी गरे ।
“प्रचण्ड जीबाट मलाई पनि राष्ट्रपतिमा प्रस्ताव आएको थियो । तर रामचन्द्र जी जस्ता पुराना व्यक्तिलाई बनाउँदा न्याय हुन्छ भनेर समर्पित गरेँ,” नेपालले भने ।
तनहुँकाे डुम्रेमा बुधबार आयाेजित चुनावी सभामा नेपालले यस्ताे बताएका हुन् ।