आरकेडी होल्डिङ्सले रासायनिक मल सहितका उद्योगहरु खोल्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    आरकेडी होल्डिङ्सले रासायनिक मल सहितका उद्योगहरु खोल्ने

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । परियोजना निर्माणको इभेन्ट म्यानेजमेन्ट गर्ने र रियत स्टेट व्यापार गर्ने उद्देश्य राखी ८ वर्ष अगाडी युवा व्यवसायीले थापना गरेको आरकेडी होल्डिङ्ग लिमिटेडले आफ्नो छैठौ साधारण सभा मार्फत देशकै गेम चेन्जर परियोजनाका थप दुई ठूला उद्योग खोल्ने प्रस्ताव पास गरेको छ ।

    रियल स्टेट ,पूर्वाधार , पर्यटन , होटल , साहसिक पर्यटन क्षेत्र र मुख्य गरि रोप–वे केवलकारको उद्योगहरु निर्माणको नेतृत्व गरिरहेको यस कम्पनी समूहले ती क्षेत्रहरुलाई अझ व्यवस्थित गरि देशका सातै प्रदेशमा केवलकार सहितको तारे होटलहरु निर्माण गर्ने नीति लिएर काम गरिरहेको छ ।

    कम्पनीको छैठौ साधारण सभामा पारित प्रस्ताबमा भनिएको छ, घोषित नीति कार्यान्वयन गर्ने दिशामा कम्पनी गैसकेको छ । यो सँगै अब नेपाललाइ निर्यातमुखी र उत्पादनमुखी उद्योग अझ बढी खाँचो भएकोले सोहि क्षेत्रमा कम्पनीले काम गर्नु पर्दछ ।

    यस योजनालाई परिपूर्ति गर्नको लागि आगामी ४ वर्ष भित्र नै संचालनमा आउने गरि ३ अर्ब ५० करोडसम्म लागतको पूर्ण स्वचालित स्टिल उद्योग स्थापना गर्ने, र अर्को नेपालको कृषि क्षेत्रमा देखिएको रासायनिक मलखादको माग सम्बोधन गर्न सक्नेगरि आगामी १० वर्ष भित्र नै सम्पन्न हुन सक्नेगरि पूर्ण इलेक्ट्रिक सिस्टममा आधारित पूर्णरुपमा स्वचालित अत्याधुनिक प्रकारको ७५ अर्ब नेपालि रुपियाँ सम्म लागत रहन सक्ने गरि वार्षिक ४ लाख मेट्रिकटन बढी युरिया मल उत्पादन क्षमताको उद्योग स्थापना गर्ने भनेर कम्पनीको साधारण सभामा पारित प्रस्ताबमा उल्लेख गरिएको छ ।

    यस्ता प्रकारको उद्योग स्थापना र संचालन गर्नको लागि यिनै उद्देश्यहरु मात्र रहनेगरी आरकेडी होल्डिंग लिमिटेडले आफ्नो कम्पनि समुहको नियन्त्रणमा ५१प्रतिशत शेयर रहने र अन्य बाँकी शेयर इच्छुक अन्य पक्षहरुलाइ उपलब्ध गराएर तत्कालै दुई कम्पनि स्थापना गरि तत्तत उद्योगको अवस्था, लागानी मोडल, प्रारम्भिक सम्भाबना अध्ययन, विश्लेषण, व्यापार विश्लेषण, प्रारम्भिक प्राबिधिक श्रोत सम्भाव्यता अध्यन, बिस्तृत परियोजना प्रतिबेदन निर्माण, र अतिरिक्त अनुसन्धान अगाडी बढाउने गरि बजेटको समेत व्यवस्था गर्ने गरि प्रस्ताब गरिएको छ ।

    यी दुई उद्योगको स्थापना र संचालन बाट नेपालमा ठुलो आर्थिक परिबर्तन र निर्यातमुखी र उत्पादनमुखी अर्थबेवस्थाको बाटो खोलदिन सक्छ भन्ने दावी गरिएको छ ।

    अब नेपालमा आम मानिसहरुको तहबाट नै मिलेर केही गर्ने पर्दछ भन्ने लागेर यति ठुलो आकारको लगानीको लागि अगाडी बढ्न सहास गरेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए । उनको दावी छ, नेपालमा बार्षिक ८ लाख मेट्रिकटन बढी युरिया मलको माग रहिरहेकोले यस्तो उद्योग खोल्नको लागि राज्यले समेत अधिकतम सहजीकरण गरिदिनु पर्दछ ।

    उक्त समूहले बन्दीपुरमा ५ तारे होटल सहितको ४ अर्बको परियोजना सम्पन्न गर्न अवस्थामा छ , रुपन्देहीको भैरहवामा लर्ड बुद्ध अन्तरास्ट्रिय टुरिजम गार्डेन निर्माणको काम गरिरहेको छ, तनहुँको आन्बुखैरेनिमा ५ अर्बको लागतमा पृथिबी राजमार्ग खानिखोला देखि छिम्केस्वरी मन्दिर सम्म ३६ मिटर लामो केवलकार सहितको अत्याधुनिक सांस्कृतिक थिम पार्क को काम अगाडी बढाएको छ ।

    यसै गरि पोखराको पञ्चासेमा ८ अर्ब लागत रहने गरि पर्यटन पूर्वाधारयुक्त केवलकार निर्माणको काम समेत अगाडी बढाएको छ । उक्त कम्पनी समुहमा स्वदेश र प्रबासमा रहने ११ हजार बढी लगानीकर्ताहरु र २१ बढी कम्पनी रहेकाछन् । कम्पनिले जारि पुंजी २ अर्ब ५० करोड बाट आवश्यकता अनुरुप बृद्दि गरि आर्थिक स्वपुंजीको लागि अगाढी बढ्ने नीति रहेको कम्पनीका आर्थिक परामर्शदाता व्यक्ति सी ए दिपक गौतमले बताए । अर्को वर्ष कम्पनीको १२ प्रतिशत हुने गरि आइपीओ समेत निस्काशन गर्ने तयारि गरेको पनि उनले बताए ।