तनहुँका स्थानीय तहद्वारा मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता (नामावली सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका स्थानीय तहद्वारा मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता (नामावली सहित)

    खबरपुञ्ज संवाददाता

    २३ जेष्ठ २०८०, बुधबार

    दमाैली । तनहुँका स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् । जिल्लाका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिको खातामा रकम निकासा गरेको छ ।

    गत आर्थिक वर्ष २०७८÷७९ मा जिल्लाका विभिन्न पालिकाले रु पाँच लाख २५ हजार दुई सय ३३ मृत्यु भएका व्यक्तिको खातामा पठाएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । देवघाट गाउँपालिकाले रु २४ हजार चार सय, घिरिङ गाउँपालिकाले रु एक लाख ३५ हजार नौ सय ८०, भानु नगरपालिकाले रु ५३ हजार छ सय १०, आँबुखैरेनी गाउँपालिकाले रु २४ हजार चार सय, बबन्दीपुर गाउँपालिकाले रु २४ हजार एक सय ३१, भिमाद नगरपालिकाले रु २९ हजार तीन सय १४, ऋषिङ गाउँपालिकाले रु एक लाख १६ हजार छ सय ३० र शुक्लागण्डकी नगरपालिकाले रु एक लाख १६ हजार सात सय ५८ मृत्युपश्चात् भुक्तानी गरेको छ ।

    सामाजिक सुरक्षा नियमावली २०७६ को नियम १३ मा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको मृत्यु भएमा उक्त लाभग्राहीलाई भत्ता पाउने सूचीबाट हटाई मृत्यु भएको दिनदेखि भत्ता दिन रोक्नुपर्ने व्यवस्था भएकामा स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई पनि रकम निकासा गरेकाले त्यस्तो कार्य सुधार गर्न सुझाव दिइएको छ ।

    सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को दफा ११ (२) मा कुनै लाभग्राहीको मृत्यु भएमा, एकल महिला लाभग्राहीले विवाद गरेमा वा ऐन, नियमावली तथा कार्यविधि बमोजिम लगत कट्टा हुनुपर्ने लाभग्राहीको हकवाला वा प्रचलित कानून बमोजिमको सूचकले सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा त्यस्तो घटना भएको ३५ दिनभित्र घटना दर्ता गराउनुपर्दछ । यसरी घटना दर्ता गर्दा लाभग्राही विवरण समेत अद्यावधिक गरी लगत कट्टा गर्नुपर्ने प्रावधान छ ।

    देवघाट गाउँपालिका–३ का तुलसीमाया श्रेष्ठलाई रु दुई हजार, हेलकुमारी मल्ललाई रु चार हजार आठ सय, नरमाया थापा मगर्नीलाई रु नौ हजार छ सय, सनकुमारी खत्रीलाई रु आठ हजार भुक्तानी भएको छ ।

    घिरिङ गाउँपालिका–१ का ओमबहादुर रानालाई रु १२ हजार, भुवानी कामीलाई रु १२ हजार, दमन्तीमाया दरैलाई रु सात हजार नौ सय ८०, रुपकुमारी विकलाई रु १२ हजार, घिरिङ गाउँपालिका–३ का पदमकुमारी श्रेष्ठलाई रु १२ हजार, घिरिङ गाउँपालिका–४ का केशबहादुर रानाभाटलाई रु आठ हजार, कोप्रि कुमाललाई रु ३६ हजार, होमाया परियारलाई रु १२ हजार, भिमबहादुर कार्मीलाई रु १२ हजार घिरिङ गाउँपालिका–५ का भूमिमाया थापालाई रु १२ हजार भुक्तानी भएको छ ।

    भानु नगरपालिका–१० का जितबहादुर पुलामीलाई रु एक हजार आठ सय ७५, कर्णबहादुर आले मगरलाई रु छ हजार दुई सय ६७, रुमकला सुनारलाई रु पाँच हजार आठ सय ६७, चित्रबहादुर रावललाई रु एक हजार सात सय ३४, देवबहादुर घर्तीलाई रु एक हजार तीन सय ३३, केहरमान श्रेष्ठलाई रु दुई हजार नौ सय ३३, यादवराज पन्तलाई रु दुई हजार, सिद्धिमान श्रेष्ठलाई रु एक हजार छ सय भुक्तानी भएको छ ।

    त्यस्तै भानु नगरपालिका–१२ का शुकबहादुर गुरुङलाई रु तीन हजार दुई सय एक, टिकाकुमारी पण्डितलाई रु पाँच हजार दुई सय, सिरमाया दर्जीलाई रु सात हजार तीन सय ३३, तिर्थबहादुर खड्कालाई रु पाँच हजार ६७, पवित्रा पण्डितलाई रु पाँच हजार आठ सय ६७, मनबहादुर श्रेष्ठलाई रु तीन हजार तीन सय ३३ भुक्तानी भएको छ ।

    आँबुखैरेनी गाउँपालिका–३ का तुलसीमाया श्रेष्ठलाई रु दुई हजार, हेलकुमारी मल्ललाई रु चार हजार आठ सय, नरमाया थापा मगर्नीलाई रु नौ हजार छ सय र सनकुमारी खत्रीलाई रु आठ हजार भुक्तानी भएको छ ।

    बन्दीपुर गाउँपालिका–२ का मनलाल गुरुङलाई रु दुई हजार एक सय ३३, जापानकुमार पियाँलाई रु सात हजार पाँच सय ९९, रुपा गुरुङलाई रु दुई हजार सात सय ९९, बन्दीपुर गाउँपालिका–५ का तिलकबहादुर कामीलाई रु ११ हजार छ सय भुक्तानी भएको छ ।

    भिमाद नगरपालिका–८ का मानबहादुर शाहीलाई रु ११ हजार चार सय ६७, पुतली कामिनीलाई रु चार हजार नौ सय ३४, विन्द्रा विकलाई रु सात हजार नौ सय ८०, भिमाद नगरपालिका–५ का पुतलीमाया गैह्रेलाई रु चार हजार नौ सय ३३ भुक्तानी भएको छ ।

    ऋषिङ गाउँपालिका–७ का देवीसरा थापालाई रु पाँच हजार दुई सय ९०, गुमती आलेलाई रु पाँच हजार दुई सय, काशीराज कंडेललाई रु एक हजार आठ सय ६७, बुधे आले मगरलाई रु तीन हजार चार सय ६६, बखानसिं थापालाई रु चार हजार चार सय, जोमाया आलेलाई रु पाँच हजार चार सय ६७, गजविर आलेलाई रु छ हजार, उदयबहादुर विकलाई रु तीन हजार सात सय ३४, भिमसरा थापा मगरलाई रु दुई हजार आठ सय, तोलधोल थापालाई रु २२ हजार चार सय, ऋषिङ गाउँपालिका–६ का दमन्ती आलेलाई र दश हजार आठ सय, विष्णु आलेलाई रु आठ हजार, पुफामाया थापालाई रु १२ हजार पाँच सय ३४, हेमबहादुर थापालाई रु १७ हजार सात सय ३३, हिरा थापालाई रु छ हजार नौ सय ३९ भुक्तानी दिइएको छ ।

    शुक्लागण्डकी नगरपालिका–४ का मिनाकुमारी श्रेष्ठलाई रु सात हजार सात सय ३०, शुक्लागण्डकी नगरपालिका–८ का बुद्धिसरा माललाई रु दश हजार आठ सय, ख्यामलाल पौडेललाई रु सात हजार दुई सय, सोमबहादुर कुमाललाई रु पाँच हजार ६६, कर्णबहादुर सेन ठकुरीलाई रु दश हजार, जौमाया रानालाई रु दुई हजार दुई सय ६६, जितबहादुर सदाशङ्करलाई रु चार हजार एक सय, निनमाया भट्टराईलाई रु सात हजार सात सय ३०, सेतीसरा थापालाई रु तीन हजार दुई सय, खिमा कुमाललाई रु २२ हजार, रुद्रबहादुर सेन ठकुरीलाई रु चार हजार, सुमित्रा माललाई रु चार हजार, बोधराज भट्टराईलाई रु आठ हजार, सममाया भट्टराईलाई रु तीन हजार ६६ भुक्तानी भएको छ ।

    शुक्लागण्डकी नगरपालिका–१० रुक्मलाल पाध्यालाई रु छ हजार, शुक्लागण्डकी नगरपालिका–११ का धनकुमारी अधिकारीलाई रु छ हजार दुई सय ६७, खड्कबहादुर शाहीलाई रु पाँच हजार तीन सय ३३ भुक्तानी भएको छ ।