बजेट ठूला नेता र मन्त्रीको जिल्लामा मात्रै छुट्याइयो भन्ने अनुभूति भएको छ : सांसद श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बजेट ठूला नेता र मन्त्रीको जिल्लामा मात्रै छुट्याइयो भन्ने अनुभूति भएको छ : सांसद श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    २४ जेष्ठ २०८०, बिहीबार

    काठमाडौ । नेकपा एकीकृत समाजवादीका नेता एवं बारा-४ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले बजेट ठूला नेता र मन्त्रीको जिल्लामा मात्रै विनियोजन भयो की भन्ने अनुभूति भएको बताएका छन् । सांसद श्रेष्ठले अहिलेसम्मको छॉटकॉट हेर्दा र कुरा सुन्दा त्यस्तै भएको हुन सक्ने आशंका रहेको बताए ।

    यद्यपि मन्त्रालयगत किताब हेरेपछि मात्रै यसबारेमा प्रष्ट हुने उनको भनाइ छ । उनले नीति तथा कार्यक्रमका बेला पनि आफूले बजेट मन्त्रीको जिल्लामा मात्रै विनियोजन भए आफूहरुलाई सैह्य नहुने बताएको स्मरण गरे ।

    उनले भने, ‘हामी पनि जनप्रतिनिधि हौ, जनताबाट चुनिएर आएका हौ । हाम्रो क्षेत्र, जिल्ला र प्रदेश राम्रो होस् भन्ने चाहन्छौ ।’

    बजेटका विषयमा आफ्नो पार्टीका अध्यक्ष माधवकुमार नेपालले पनि बोलिसकेको भन्दै यही अवस्था रहे बजेट हुबहु पास नहुने अवस्था समेत आउन सक्ने श्रेष्ठले चेतावनी दिए । ‘प्रधानमन्त्री र अर्थमन्त्रीलाई पनि भेटेर बजेटका विषयमा ध्यानाकर्षण गराउँछौ, उहॉहरुले यस विषयमा गम्भीर भएर सोच्नुपर्छ’ उनले भने ।