दमाैली । तनहुँको भिमाद नगरपालिका–९ मोहरियामा रुखबाट लडेर साेमबार एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीय तुलवीर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
राङसिङको रुखमा चढेर घाँस काट्ने क्रममा रुखबाट लडेका थापाको उपचारका क्रममा पोखरास्थित मणिपाल अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । रुखबाट लडेका थापाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।