स्पेनले जित्यो नेसन्स लिगको उपाधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    स्पेनले जित्यो नेसन्स लिगको उपाधि

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौं। स्पेन युइएफए नेसन्स लिगको च्याम्पियन बनेको छ। क्रोएसियालाई टाइब्रेकरबाट ५-४ ले पराजित गर्दै स्पेन युइएफए नेसन्स लिगको च्याम्पियन बनेको हो।

    पहिलो हाफ र दोस्रो हाफ दुवैमा रोमाञ्चाकारी प्रतिस्पर्धा देखिएको भए पनि निर्धारित र अतिरिक्त समयमा पनि दुवै टिमवाट कुनै गोल निस्कन सकेन। निर्धारित र अतिरिक्त समयमा पनि गोल ननिस्के पछि खेल ट्राइबेकरमा पुगेको थियो।

    ट्राइबेकरमा पुगेको खेलमा स्पेनले बाजी मार्न सफल हुँदै लिग च्याम्पियनको उपाधि हासिल गर्न सफल भएको हो। यसअघि आइतबार राति नै नेदरल्यान्ड्समाथि ३-२ को जित निकाल्दै इटालीले नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको थियो।