गणेशमानचोकको सटर साउन १ देखि जिससको, खुल्ला प्रतिस्पर्धाबाट भाडामा लगाउने तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गणेशमानचोकको सटर साउन १ देखि जिससको, खुल्ला प्रतिस्पर्धाबाट भाडामा लगाउने तयारी

    खबरपुञ्ज संवाददाता

    ३ असार २०८०, सोमबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–२ स्थित गणेशमानचोकमा रहेको व्यापारिक सटर साउन १ गतेदेखि जिल्ला समन्वय समितिको नाममा आउने भएको छ । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको फराकचौर ९÷ग हाल व्यास–२ गणेशमानचोकस्थित कित्ता नम्बर १६३७ को जग्गा साउन १ देखि स्वतः जिससको नाममा आउन लागेको हो ।

    जिल्ला समन्वय समितिले विस‌ं २०६९ साउन १ गतेदेखि दिपेश बस्नेतलाई भाडामा दिँदै आएको जग्गा भाडामा लिने दिनेबीच भएको पछिल्लो सम्झौता अनुसार २०८० असार मसान्त पश्चात् सम्झौताको म्याद समाप्त हुने र उक्त जग्गामा बनेको संरचना स्वतः जिल्ला समन्वय समितिको स्वामित्वमा आउने उल्लेख छ । उक्त सम्झौताको म्याद अब थप नहुने भनी जिसस तनहुँको विसं २०७९ माघ १५ को बैठकबाट निर्णय भएको छ ।

    जिससले माघ २४ गते उक्त निर्णय निज बस्नेतलाई जानकारी गराइसकेको जिल्ला समन्वय अधिकारी थमनसिं थापाले बताए । उक्त सटर कोठा लगायतका संरचना २०८० साउन १ देखि जिससको स्वामित्वमा आउने र सो पश्चात् उक्त सटर खुल्ला प्रतिस्पर्धाबाट भाडामा लगाइने उनले जानकारी दिए ।

    May be an image of text