प्रधानमन्त्री पत्नी सीता दाहालको निधन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

    खबरपुञ्ज संवाददाता

    २६ असार २०८०, बुधबार

    काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधन भएको छ ।

    लामो समयदेखि पार्किन्सन रोगबाट पीडित दाहालको बुधबार विहान निधन भएको हो ।

    उनको स्वास्थ्य झन गम्भीर बनेपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

    दाहाललाई पार्किन्सनजस्तो देखिने एक प्रकारको जटिल रोगले लामो समयदेखि सताएको थियो । दाहाललाई देखिएको जटिल रोगलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ ।

    यो रोग लागेका व्यक्तिलाई हिँडडुलमा समस्या पर्ने, बोल्न र निल्नसमेत कठिन हुने चिकित्सहरु बताउँछन् । यो रोगको संकेत पहिलेदेखि देखिएको भए पनि छोरा प्रकाश दाहालको निधनपछि झनै च्यापेको थियो । यसअघि सीताको उपचार भारत, सिंगापुरलगायतका देशमा पनि गरिएको थियो ।