चुनावी खर्च सार्वजनिक नगर्ने तनहुँका ३३ लाई जनही १५ हजार जरिवाना (नामावली सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चुनावी खर्च सार्वजनिक नगर्ने तनहुँका ३३ लाई जनही १५ हजार जरिवाना (नामावली सहित)

    खबरपुञ्ज संवाददाता

    ८ श्रावण २०८०, मंगलवार

    दमाैली । चुनावी खर्च सार्वजनिक नगर्ने तनहुँका ३३ जना जरिवानामा परेका छन् । निर्वाचन आयाेगकाे निर्णय बमाेजिम तनहुँका ३३ जना जरिवानामा पर्ने भएका हुन् ।

    प्रतिनिधिसभा तर्फ १७ र प्रदेशसभा तर्फ १६ जना जरिवानामा परेका छन् । जरिवानमा पर्नेमा निर्वाचित सांसद समेत छन् ।

    उम्मेदवारहरूलाई आयोगले गत वैशाख ४ गतेको निर्णयअनुसार निर्वाचन खर्चको विवरण सार्वजनिक गरी त्यसको जानकारी दिन निर्देशन दिइएको थियो । तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्नेलाई निर्वाचन (कसूर तथा सजाय), ऐन २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम १५ हजार रूपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो ।

    जरिवाना लागेका उम्मेदवारले ३५ दिनभित्र राजस्व दाखिला गरी त्यसको भौचरसहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्न आदेश दिने तथा निर्वाचन खर्चको विवरण एक साता भित्र सार्वजनिक गरी त्यसको जानकारी सम्बन्धित निर्वाचन कार्यालयमा सात दिनभित्र निवेदनसहित पेश गर्न पुनः आदेश दिने निर्णय भएको छ ।

    साथै, जरिवाना वापतको रकम तोकिएको समयभित्र नवुझाउने उम्मेदवारलाई तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने र जरिवाना वापतको रकम सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयमा लेखी पठाउने निर्णय पनि भएको छ ।

    प्रतिनिधिसभातर्फ जरिवानामा पर्नेहरु

    प्रदेश सभा तर्फ जरिवानामा पर्नेहरु