बन्दीपुरमा माओवादीले नेतृत्व गरेकाे वडा उत्कृष्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुरमा माओवादीले नेतृत्व गरेकाे वडा उत्कृष्ट

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०८०, मंगलवार

    दमाैली । तनहुँकाे बन्दीपुर गाउँपालिकामा नेकपा माओवादीले नेतृत्व गरेकाे वडा उत्कृष्ट भएकाे छ । आर्थिक वर्ष २०७९/८० मा बन्दीपुर गाउँपालिका वडा नम्बर २ उत्कृष्ट वडा हुन सफल भएकाे हाे ।

    गाउँपालिकाबाट सञ्चालित याेजना तथा कार्यक्रम सबैभन्दा छि६ाे समयमा नै सम्पन्न गराई उत्कृष्ट कार्य गरेबापत उक्त वडालाई साेमबार आयाेजित कार्यक्रममा सम्मानित गरिएकाे छ ।

    गण्डकी प्रदेशका उद्याेग पर्यटन तथा वन मन्त्री दिपेन्द्रबहादुर थापाले वडाध्यक्ष सुशील कुंवरलाई प्रशं‍सापत्र प्रदान गरेका थिए ।