पृथ्वीराजमार्गको कन्टार–थर्पु खण्ड एकतर्फी सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पृथ्वीराजमार्गको कन्टार–थर्पु खण्ड एकतर्फी सञ्चालन

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०८०, बुधबार

    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारमा सडक भासिएर अवरुद्ध भएको कन्टार खण्ड एकतर्फी सञ्चालनमा आएको छ । आज दिउँसो १२ः३० बजे सडक भासिएर पूर्ण अवरुद्ध भएको उक्त खण्ड दिउँसो ३ः३० बाट एकतर्फी सञ्चालनमा आएको हो ।

    मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत काम भइरहेकाले उक्त ठाउँमा सडक भासिएको थियो । सडक दुईतर्फी रुपमा सञ्चालनका लागि काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

    प्रहरीले दमौलीबाट पोखरातर्फ जानेहरुका लागि दमौली बजारको भोर्लेटारचोकदेखि दुईपिप्ले हुँदै पोल्याङतर्फ सवारी साधन पठाएको छ । उक्त मार्गको कलेस्ती, दुईपिप्ले, कास्कीको पोल्याङ हुँदै पोखरा जान सकिन्छ ।