दमाैली । नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य विष्णुभक्त सिग्देलको घरमा चोरी भएको छ । तनहुँको घिरिङ गाउँपालिका–१ स्थित सिग्देलको घरमा सोमबार राति चोरी भएको हो ।
घरको मूल ढोकाको साँचो फोडेर करिब दुई तोला सुन र नगद रु ३० हजार चोरी भएको सिग्देलले जानकारी दिए। सिग्देल परिवार गाउँ बाहिर रहेको मौका पारेर घरमा चोरी भएको बताइएको छ ।
चोरीमा संलग्न केही व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।