व्यासको अर्को ध्यान गुफा गल्वुवेशी क्षेत्रमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासको अर्को ध्यान गुफा गल्वुवेशी क्षेत्रमा

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१


    दमौली । वेद पुराणका रचयिता तथा ऋषि व्यासको १६ औँ अवतार वेदव्यासको अर्को ध्यान क्षेत्र गल्वुवेशी क्षेत्रमा रहेको वताइएको छ । राष्ट्रगुरु योगी नरहरिनाथद्वारा द्वितीय व्यासका उपमा पाएका ध्यानाचार्य खेमराज अधिकारी प्रकाशले सो कुरा बताएका हुन् ।

    सोही क्षेत्रमा अवस्थित शिव पाञ्चायान मन्दिरको स्तरोन्नतिका लागि भोगाधिकार दिए पश्चात् वेद व्यास बैदिक धर्म अनुसन्धान प्रतिष्ठानद्धारा मन्दिरका सरोकारवालाहरुबीच बुधबार आयोजित भेलामा प्रतिष्ठानका अध्यक्ष समेत रहेका ध्यानाचार्य अधिकारीले सो कुरा बताए ।

    शास्त्रमा व्यास ऋषिको जन्म पश्चात् उत्तर र पूर्व दिशाको बीच अर्थात इशान तर्फ २ देखि ३ योजनको दूरीमा पनि व्यास ऋषिले ध्यान गरेको उल्लेख गरिएको चर्चा गदै उनले उक्त स्थान मन्दिर परिसरको जङ्गलमा रहेको र त्यहाँ आफूले ध्यान गरेको चर्चा गर्दै उक्त स्थानमा ध्यान साधना गराएर प्रतिष्ठानले थुप्रै ध्यानी र ज्ञानी जन्माउने अभियानको थालनी गर्न लागेको उद्घोष गरे ।

    श्रावण पुरुषोत्तम मासको औँसी तिथिमा आयोजित विशेष हवन कार्यक्रम मार्फत् योग गुरु अधिकारीले उक्त घोषणा गरेपछि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गाभक्त अधिकारी, अकला टोल विकास संस्थका अध्यक्ष सोमनाथ पौडेल लगायतका स्थानीयले प्रतिष्ठानले मन्दिर क्षेत्रको प्रर्वद्धन गर्ने भएकाले आफूहरुले मन्दिर क्षेत्रको भोगाधिकार दिएको बताए ।

    पत्रकार महासंघका अध्यक्ष उज्वल पौडेलले प्रतिष्ठानको योग साधना अभियानले व्यास क्षेत्रको महिमा बढ्नेमा जोड दिए । संस्थाका सचिव ज्ञानी शुकदेवले उक्त क्षेत्रमा १ सय ८ फुट अग्लो त्रिशुल, शनिको मुर्ति निर्माण गर्ने लगायतका योजनाहरु संस्थाको रहेको जानकारी दिए ।

    यसैबीच सोही अवसरमा उपस्थित अतिथि तथा साधकहरुलाई ध्यानाचार्य अधिकारीले शरीरमा रहेका नकारात्मक शक्ति विसर्जन गर्ने र रोग विसर्जन गर्ने साधना प्रयोगात्मक रुपमा गरेको संस्थाका उपाध्यक्ष ज्ञानी चन्द्रले जानकारी दिए

    उक्त क्षेत्रमा प्रतिष्ठानले विगतदेखि नै होमन साधना तथा ध्यान साधना गराउँदै आएकोमा सरोकारवालाहरुले थप स्तरोन्नतिका लागि सहमति दिए पछि सो क्षेत्रको स्तरोन्नति र ध्यान साधनाको केन्द्रको रुपमा मन्दिर क्षेत्रलाई विकसित गरिने संस्थाका प्रवक्ता ज्ञानी कल्याण सुदीप काफ्लेले जानकारी दिए ।