ढुवानी सेवासँगै पढाईलाई अगाडी बढाउँदै यादिप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ढुवानी सेवासँगै पढाईलाई अगाडी बढाउँदै यादिप

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०८०, सोमबार

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका-८ का २४ वर्षीय यादिप गुरुङले ढुवानी सेवासँगै पढाईलाई निरन्तरता दिएका छन् । पिक अप भ्यान चलाएर आयआर्जन गर्ने उनले पढाईलाई समेत निरन्तरता दिएका हुन् ।

    पढाईसंगै आयाआर्जनमा होमिएका उनी पेशाले सवारी चालक हुन् । उनका बुबा पनि सवारी चालक हुन र उनले बुबालाई व्यवसायमा सघाउँदै केही वर्ष अघि पिक अप भ्यान खरिद गरि ढुवानी सेवा सुरुवात गरेका हुन।

    यो पेशाबाट राम्रो आम्दानी भइरहेको उनी बताउँछन् । खैरेनीटारस्थित गण्डकी मल्टिपल कलेजमा विविएस तेस्रो वर्ष अध्ययनरत उनले पढाई र पेशालाई समय व्यवस्थापन गरिरहेको बताए ।

    देशमै बसेर केहि गर्ने हुटहुट्टी बोकेका उना आफ्नो आय/कमाई बाट खुसी भएतापनि समाजले हेर्ने दृष्टिकोणबाट भने दुख लागेको बताउँछन् । उनले भने, ‘आफ्नै खुट्टामा उभिन सबल भए पनि आफ्नो पेशालाई समाजले हेर्ने दृष्टिकोणले दुख लाग्छ ।’