दमौली । व्यास नगरपालिका-२ गणेशमानचोकमा रहेका व्यापारिक सटर भाडामा लगाउन टेण्डर आव्हान गरिएको छ। जिल्ला समन्वय समितिले गणेशमानचोकस्थित दमौली ट्रेड सेन्टरका सटर भाडामा लगाउन बिहीबार टेण्डर आव्हान गरेको हो ।
त्यहॉका ४९ वटा सटर भाडामा लगाउनका लागि खोलिएको टेण्डरको अवधि भदौ २२ सम्म रहेको छ। उक्त अवधिसम्म दरभाउपत्र दाखिला गर्न सकिनेछ ।
सटर अनुसार फरक फरक न्यूनतम मूल्य निर्धारण गरिएको छ । सबैभन्दा कम रु ६ हजार र बढी रु २९ हजार भाडा तोकिएको छ ।