बारामा भएकाे दुर्घटनाप्रति पूर्वमन्त्री श्रेष्ठद्वारा दुख व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बारामा भएकाे दुर्घटनाप्रति पूर्वमन्त्री श्रेष्ठद्वारा दुख व्यक्त

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०८०, बिहीबार

    काठमाडौ । बाराकाे जीतपुर सिमरा उपमहानगरपालिका-२२ चुरियामाइमा बिहीबार भएकाे बस दुर्घटनाप्रति पूर्वमन्त्री एवं बारा-४ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले दुख व्यक्त गरेका छन् ।

    श्रेष्ठले शाेकवक्तव्य जारी गरी उक्त घटनाले आफूलाई स्तब्ध तुल्याएकाे उल्लेख गरेका छन् । दुर्घटनामा दिवङ्गत हुनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै श्रेष्ठले घाइतेकाे शीघ्र स्वास्थ्य लाभकाे कामना गरेका छन् ।

    तीर्थयात्री बाेकेकाे बस दुर्घटना हुँदा सात जनाकाे मृत्यु भएकाे थियाे भने १७ जना घाइते भएका थिए ।