‘पठाओ दसैं महोत्सव’ घोषणा, राइडरदेखि ग्राहकसम्मलाई छुटैछुट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ‘पठाओ दसैं महोत्सव’ घोषणा, राइडरदेखि ग्राहकसम्मलाई छुटैछुट

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ । पठाओ नेपालले आउँदै गरेको बडादसैंको अवसरमा असोज ८ गते (सोमबार) देखि ‘पठाओ दसैं महोत्सव’ अफर सुरू गरेको छ ।

    असोज ८ गते सुरू भएको महोत्सव असोज २८ गतेसम्म हुने कम्पनीका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए ।

    यस महोत्सवमा कम्पनीले राइडरहरूका लागि ‘ कम कमिसन धेरै कमाई, यो दसैं रमाई-रमाई’ भन्ने मूल नाराका साथ दैनिक १ प्रतिशत कमिसन अफर राखेको प्रवक्ता थापाले जानकारी दिए ।

    कम्पनीले अफरको बम्पर पुरस्कार अन्तर्गत यामाहासँगको सहकार्यमा दुई जनालाई यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर दिइने थापाले बताए ।

    यस महोत्सव अवधिभर चालकहरूले केही राइड बढी लिँदै जाँदा कमिसन पनि घट्दै जानेछ । हाल साधारणतया बाइकमा २० प्रतिशत र कार लाइट (ट्याक्सी) मा १५ प्रतिशत कमिसन रहेको छ । अब भने धेरै राइड लिने राइडर र क्याप्टेन (ट्याक्सी चालक) को कमिसन घट्दै जानेछ । जसमा अधिकतम राइड गर्नेले तिर्ने कमिसन घटेर कम्तिमा १ प्रतिशतसम्म आउनेछ ।

    बम्पर विजेता लक्की ड्रबाट छानिने र लक्की ड्रमा उम्मेदवार बन्नका लागि राइडर, क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो (फुड डेलिभरी पर्सन)ले निश्चित नियमका साथ निश्चित राइड पूरा गर्नु पर्ने कम्पनीले बताएको छ ।

    कम्पनीले असोज ३० गते पठाओ नेपालको आधिकारिक सामाजिक सञ्जालबाट लाइभ गरी लक्की ड्र मार्फत बम्पर पुरस्कार घोषणा गरिने जनाएको छ ।

    ग्राहकका लागि पनि पठाओले आफ्नो एपमा छुट नै छुट लिएर आएको छ । जसअनुसार ग्राहकहरूले फुड अर्डर, कार राइड र बाइक राइडमा ७० प्रतिशतसम्म छुट पाउनेछन् ।

    यस्तै पठाओ फुड डेलिभरीमा पाँच वर्षको उपलक्ष्यमा रु. ५, ५५ र ५५५ को अफरहरू लिएर आएको कम्पनीले जनाएको छ ।