मौसम क्रमिकरुपमा सुधार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मौसम क्रमिकरुपमा सुधार

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०८०, बिहीबार

    काठमाडौ । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि मौसम सुधार हँुदै गएको छ ।

    महाशाखाका मौसमविद् गोविन्द झाले अब मौसममा सुधार हुँदै जाने बताए । “मौसम विस्तारै सुधार हुँदै गएको छ । देशको पूर्वी भेगमा न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ, उक्त प्रणाली उत्तर पश्चिमतर्फ सर्ने क्रममा रहेकाले त्यो पनि विस्तारै कमजोर हुने देखिन्छ । भारतको सिक्किम आसपास र बङ्गलादेशतिर यसले असर गर्ने देखिन्छ”, उनले भने ।

    मौसमविद् झाका अनुसार कोशी प्रदेशमा आज बाक्लो बादल लागको छ । अन्य भेगमा सामान्यतया मौसम सफा छ । अबको दुई तीन दिनलाई हल्का वर्षाको सम्भावना रहे पनि भारी वर्षाको सम्भावना नरहेको उनले उल्लेख गरे।

    महाशाखाको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा अहिले कोशी र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।

    कोशी, बागमती र गण्डकी प्रदेश थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि नेपालमा हाल भारतको पश्चिम बङ्गाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

    यसका कारण देशका केही भागमा थोरै असर रहे पनि क्रमशः मौसममा सुधार आउने महाशाखाले जनाएको छ । शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।