दमौली । जाजरकोट केन्द्रविन्दु भई शुक्रबार राति गएको भूकम्पका कारण प्रभावित भएकाहरुलाई तनहुँ उद्योग वाणिज्य संघले सहयोग गर्ने भएको छ।
संघले भूकम्प प्रभावितका लागि ५० हजार १५६ सहयोग गर्ने निर्णय गरेको हो । संघको शनिबार सम्पन्न बैठकले मानवीय क्षति सहित धनजनको नोक्सान भएको प्रति दुख व्यक्त गरेको संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।