भूकम्प पीडितका लागि घोषणा गरिएको रकम व्यास र देवघाटले बुझाएन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भूकम्प पीडितका लागि घोषणा गरिएको रकम व्यास र देवघाटले बुझाएन

    खबरपुञ्ज संवाददाता

    ३ मंसिर २०८०, सोमबार

    दमाैली । जाजरकोट भूकम्प पीडितका लागि तनहुँको व्यास नगरपालिका र देवघाट गाउँपालिकाले घोषणा गरेको रकम अझैसम्म बुझाएको छैन ।

    भूकम्प प्रभावितका लागि दुवै पालिकाले रु पाँच÷पाँच लाख सहयोग गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा हालसम्म रु १५ करोडभन्दा बढी रकम जम्मा भएको छ । सरकारले सार्वजनिक गरेको विवरण अनुसार तनहुँका दुवै पालिकाले उक्त रकम जम्मा नगरेको भेटिएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अहिलेसम्म विभिन्न व्यक्ति, संस्था तथा निकायबाट १५ करोड ३० लाख ३२ हजार ४१६ रुपैयाँ जम्मा भएको छ । जसमा सबैभन्दा बढी भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार रुपैयाँ जम्मा गरेका छन् । दोस्रोमा राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, नेपाल नागरिक उड्डयन प्राधिकरण, गोर्खा ब्रुअरी प्रालि, बुद्ध एयर र सूर्य नेपाल प्रालिले एकएक करोड रुपैयाँ जम्मा गरेका छन् ।

    हालसम्म सङ्कलित रकमकाे विवरण

    OPMCM-Press-Release