दमौली । रोटर्याक्ट क्लब अफ दमौली एवं जोन १५ को सयुक्त आयोजनामा शनिवार दमौलीमै रक्तदान कार्यक्रम गरिएको छ । व्यास ३ स्थित अनसन चौतारीमा स्व. रोट्याक्टर सचिन कुमार श्रेष्ठको स्मृत्मा आयोजना गरिएको रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको छ ।
सचिनको स्मृतिमा प्रत्येक वर्ष देशैभर रक्तदान कार्यक्रम आयोजना गरिदै आएको क्लबका पूर्व अध्यक्ष मनोज राउतले बताए । सचिनको स्मृतिमा प्रत्येक वर्ष बृह्त रक्तदान कार्यक्रम, खुल्ला म्याराथन दौड र आदिकवि भानुभक्त क्याम्पसमा स्नाकतहमा अध्ययन गर्नेका लागि पनि छात्रावृत्तिको व्यवस्था गरिएको क्लवका अध्यक्ष अनुज बिमलीले बताए ।
सन् २००३ मा रोटरीको कार्यक्रममा सहभागी हुन कोलकाता जाने क्रममा वीरगञ्जमा सडक दुर्घटनामा सचिनको मृत्यु भएको थियो ।