दमौली । तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको सरुवा भएको छ । सरकारले ७१ जना सहसचिवको सरुवा सूची निकालेकामा तनहुँका रिजालको पनि सरुवा भएको हो ।
उनको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ । नौ महिना अगाडी सिडिओको भूमिकामा आएका उनले सबैसँग समन्वयकारी भूमिकामा काम गरेका छन् । तनहुँमा प्रजिअको रुपमा को आउने भन्ने टुंगो लागेको छैन ।
सरुवा भएका ७१ जनामध्ये गृह मन्त्रालयमा सरुवा भएका कसैले तनहुँको सिडिओको जिम्मेवारी पाउन सक्ने सम्भावना छ ।