पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा ट्रकको ठक्करबाट आज साँझ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका–९ थामडाँडा बस्ने २६ वर्षीया सुकमाया विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दमौली तर्फबाट पोखरातर्फ जाँदै गरेको ग १७ प ६५९७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जादैँ गरेको बा.प्र.०१–००६ ख २८६१ नं. को ट्रकले ठक्कर दिँदा घाइते सुकमायाको उपचारका क्रममा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए।
दुर्घटनामा निजका श्रीमान् ३४ वर्षीय रामचन्द्र विक, छोराहरु तीन वर्षीय सुमन विक र छ वर्षीय गुरास विक घाइते भएका छन् । निजहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक प्रहरी नियन्त्रणमा छन् ।