काठमाडौ । एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमै नेपाल पाकिस्तानसँग पराजित भएको छ । नेपाललाई पाकिस्तानले सात विकेटले पराजित गरेको हो ।
यूएईमा शुक्रवार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिले ब्याटिङ गर्दै दिएको १५३ रनको लक्ष्यलाई पाकिस्तानले २६.२ ओभमा ३ विकेट गुमाएर पूरा गर्यो ।
नेपालविरुद्ध सहज जीत दिलाउन पाकिस्तानका लागि दुईजना खेलाडीले अर्धशतीय पारी खेले ।