तनहुँ/तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीकाे चार महीनामै सरुवा भएकाे छ । चैत ५ गते तनहुँकाे प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारी पाउनुभएकाे उहाँलाई गृहमन्त्रालयले साउन ५ गते निर्णय गरी सरुवा गरेकाे हाे । उहाँकाे स्थानमा अध्यागमन कार्यालय एयरपोर्टका प्रमुख सागर आचार्य प्रमुख जिल्ला अधिकारीकाे रुपमा आउने हुनुभएकाे छ ।
सहसचिवमा बढुवा भएपछि पाेखरा महानगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत भएर आएका अधिकारी एक महीना नपुग्दै सरुवा हुनुभएकाे थियाे । महानगरका प्रमुख मानबहादुर जिसीसँग समन्वय नै नगरी मन्त्रालयले पठाएकाे र नेकपाका एक नेताले भने अनुसारकाे काम नगरेपछि उहाँ पाेखराबाट सरुवा हुनुभएकाे थियाे । बढुवा हुनु अघि उहाँ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकीमा कार्यरत हुनुहुन्थ्याे । उहाँले त्यतिबेला सहकारी रजिस्ट्रारकाे जिम्मा पनि पाउनुभएकाे थियाे ।