मोहन बतास फाउण्डेशनद्वारा शैक्षिक सामग्री वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मोहन बतास फाउण्डेशनद्वारा शैक्षिक सामग्री वितरण

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । मोहन बतास फाउन्डेसनले व्यास–१२ भड्खालास्थित मत्स्यकन्या आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ। फाउण्डेशनले विद्यालयमा अध्ययनरत विपन्न २० जना विद्यार्थीका लागि झोला तथा शैक्षिक सामग्री वितरण गरेको हो ।

    व्यास-३ धर भई हाल हङकङमा रहेका मोहन बतासद्वारा स्थापित फाउण्डेशनले आर्थिक रुपमा पिछडिएका विपन्न समूदायका बालबालिकाको शैक्षिक प्रोत्साहनका लागि झोला, कापी, कलम लगायतका सामग्री वितरण गरेको सस्थाका सचिव सर्जन थापाले जानकारी दिए ।

    फाउन्डेसनका अध्यक्ष ओमराज श्रेष्ठले मोहन बतास एक सहयोगी भावना बोकेका व्यक्तिको कारण धेरै व्यक्ति तथा विपन्न समूदायलाई सहयोग गर्दै आएको जानकारी दिए ।

    प्रधानाध्यापक सुनिता देवकोटाले व्यास नगरपालिकाबाट नजिक रहेर पनि विद्यालय भौतिक, खेलकुद तथा शैक्षिक रुपमा कमजोर रहेको बताइन् ।