शाहीले पॉच विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शाहीले पॉच विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

    खबरपुञ्ज संवाददाता

    १ पुष २०८०, सोमबार

    दमौली । व्यास नगरपालिका वडा नं २ घर भई हाल बेलायतमा बसोबास गर्दै आएका व्यवसायी एवम् समाजसेवी रजनजंग शाहीले व्यास नगरपालिकाभित्रका विभिन्न पॉच विद्यालयका पॉच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएका छन् । आफ्नो नाममा अक्षयकोष स्थापना गरि ती विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने तयारी गरेको शाहीले बताए ।

    व्यास १ दमौली स्थित निर्मल मावि, २ स्थित सत्यवती मावि, ५ स्थित पराशर मावि, १० स्थित चण्डीदेवि राष्ट्रिय मावि र १२ स्थित अमरज्योति मावि बेलभञ्ज्याङका एक/एक जना विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने शाहीले बताए ।

    विद्यालयले गरेको मूल्यांकनका आधारमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई निमावि अध्ययनदेखि एसइइ उत्तीर्ण हुँदासम्म सहयोग गर्ने उनले बताए । उनले यस सम्बन्धमा सम्बन्धित विद्यालयलाई जानकारी गराइसकेका छन् । विद्यालयबाट विद्यार्थीको विवरण प्राप्त भएपछि यही वर्षदेखि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।

    अक्षयकोष स्थापनाको प्रारम्भमा यस वर्ष ती विद्यार्थीलाई छात्रवृत्ति वापत नगद सहयोग गर्ने र अर्काे वर्षदेखि अक्षयकोषको व्याजबाट छात्रवृत्ति प्रदान गर्ने आफ्नो योजना रहेको शाहीले बताए । विगत केही वर्षदेखि सामाजिक काममा सक्रिय रहदै आएका शाहीले शैक्षिक क्षेत्रमा सहयोग गर्ने सोचका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागेको बताएका छन् ।