पाँच महिनापछि नेप्सेले पार गर्‍यो २१ सयको विन्दु, कारोबार रकम ६ अर्ब नजिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    पाँच महिनापछि नेप्सेले पार गर्‍यो २१ सयको विन्दु, कारोबार रकम ६ अर्ब नजिक

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ । पाँच महिनापछि मंगलबार (आज) नेप्से परिसूचक २१ सय विन्दु पार गरेको छ।

    यसअघि गत साउन १५ गते २१०६.१८ बिन्दु पुगेको थियो। त्यसयता नेप्से पहिलोपटक २१ सय विन्दुमाथि उक्लिएको हो।

    यसदिन नेप्से ४५.९८ अंकले बढेर २१०६.४८ विन्दुमा बन्द भएको छ।

    मंगलबारकाे बजारमा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५ रूपैयाँको सेयर कारोबार भएको छ।

    अघिल्लो कारोबार दिन छ अर्ब ८६ करोड ८१ लाख ७७ हजार रूपैयाँको सेयर कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार कारोबार रकममा ८८ करोड रूपैयाँ कमी आएको हो।

    यस दिन ३१३ वटा धितोपत्रको १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयर किनबेच भएको हो।