सुख्खा पहिराेले अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सुचारु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सुख्खा पहिराेले अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सुचारु

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    धादिङ । धादिङमा सुख्खा पहिरो खसेपछि अवरूद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ।

    मंगलबार अपराह्नमा बेनिघाट रोराङ गाउँपालिका-९ लालटिन बजारस्थित पृथ्वी लोकमार्गमा सुख्खा पहिरो खसेपछि सडक अवरूद्ध भएको थियो।

    अहिले उक्त सडक एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ। 

    अवरूद्ध भएको बाटो खुलाउन जेसिबीसहित प्रहरीको टोली खटिएको छ। दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।