ब्राम्हण समाज तनहुँको अध्यक्षमा पाण्डे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ब्राम्हण समाज तनहुँको अध्यक्षमा पाण्डे

    खबरपुञ्ज संवाददाता

    १३ पुष २०८०, शनिबार

    दमौली । ब्राम्हण समाज तनहुँको अध्यक्षमा कृष्णचन्द्र पाण्डे निर्वाचित भएका छन् । समाजको शनिबार दमौलीमा सम्पन्न अधिवेशनले पुन: पाण्डेकै नेतृत्वमा कार्यसमिति चयन गरेको हो।

    समाजकाे उपाध्यक्षमा मदनप्रसाद पण्डित, सचिवमा कृष्णहरि गैह्रे, कोषाध्यक्षमा गंगाप्रसाद पोख्रेल, सहसचिवमा लक्षिमादेवी घिमिरे खनाल र सदस्यहरुमा प्रदीप घिमिरे, राजेन्द्र वाग्ले, विष्णुहरि लम्साल, भानुभक्त पण्डित, नारायणप्रसाद पौडेल, दिनानाथ पौडेल, दिव्यदेव पौडेल, नारायण घिमिरे, महाप्रसाद न्यौपाने, गोविन्दराज पन्त, रामकृष्ण पौडेल, निर्मला भण्डारी खनाल, मेनका रिमाल केंल र लक्ष्मी न्यौपाने चयन भएका छन् ।

    सो अधिवेशनको बाह्मण समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा.नारायणप्रसाद अधिकारीले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष अधिकारीले नेपाललाई सनातन हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने बताए ।