भानुका वडा सदस्य भन्छन् – नगरपालिकाले बदमासी गर्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुका वडा सदस्य भन्छन् – नगरपालिकाले बदमासी गर्यो

    खबरपुञ्ज संवाददाता

    २६ पुष २०८०, शुक्रबार

    दमौली । तनहुँको भानु नगरपालिका-१२ का वडा सदस्य सुदिप केसीले नगरपालिकाले बदमासी गरेको आरोप लगाएका छन् । नगरपालिकाले जनप्रतिनिधिका लागि विनियोजित बजेटमा थप गर्ने निर्णय गरी बदमासी गरिएको उनको भनाई छ ।

    १२ औं नगरसभाले गरेको निर्णय बमोजिम पदाधिकारी बैठक भत्ता १५ लाख, विषयगत समितिको बैठक भत्ता ५ लाख (संघीय राजश्व बाँडफाँड) मा नगरपालिकाको आन्तरिक श्रोतबाट नगरसभाको म्यान्डेट विपरित थप गरी पदाधिकारी बैठक भत्ता ३० लाख, विषयगत समितिको बैठक भत्ता १० लाख बनाइएको उनले सामाजिक सञ्जाल मार्फत् जानकारी गराएका छन् ।

    उनले भने, ‘यति गरेपछि मेयर, उपमेयर र केही वडाध्यक्षहरुको मुख बन्द भएको देखियो।केही जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा नगरपालिकालाई कतातर्फ लग्दैछन् ।’