बार्सिलोना कोपा डेलको क्वाटरफाइनल प्रवेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    बार्सिलोना कोपा डेलको क्वाटरफाइनल प्रवेश

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ । बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति तेस्रो डिभिजनको टोली युनियनिस्टाज सालामाङ्काविरुद्ध ३–१ गोलको पुनरागमन जित निकाल्दै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

    खेलको ३१ औं मिनेटमा युनियनिस्टाजका अल्भारो गोमेजले गोल गर्दै अग्रता दिलएका थिए । १ गोलले पछि परेको बार्सिलोनाले ४५ औं मिनेटमा बारबारी गोल गरेको थियो । बार्सिलोनाका लागि फेरान टोरेसले जोआओ फेलिक्सको पासमा गोल गर्दै पहिलो हाफ एक एकको बराबरीमा टुंग्याए ।

    ६९ औं मिनेटमा जुल्स कुन्डेले शानदार गोल गर्दै बार्सिलोनलाई २–१ ले अघि बढाउँदा  ७३ औं मिनेटमा अलेहान्द्रो बाल्डेले गोल गर्दै बार्सिलोनालाई कोपा डेल रेको अन्तिम ८ मा प्रवेश पक्का गराए ।