स्वर्णिम वाग्लेको नेतृत्वमा दुलेगौडा-हर्कपुर मोटरमार्गमा दबाब यात्रा हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्वर्णिम वाग्लेको नेतृत्वमा दुलेगौडा-हर्कपुर मोटरमार्गमा दबाब यात्रा हुने

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०८०, शुक्रबार

    दमौली । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा दुलेगौडा-हर्कपुर सडकमा दबाब यात्रा हुने भएको छ ।

    मोटरमार्ग निर्माणमा ढिलाई भएकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउन वाग्लेको नेतृत्वमा दबाब यात्रा हुन लागेको हो ।

    शुक्लागण्डकी-३ वनकेवाचोकदेखु दबाब यात्रा हुने रास्वपाका नेता शंकर पन्तले जानकारी दिए ।

    २०७६ साल मंसिर २४ गते शिलान्यास भएको उक्त सडक निर्माण व्यवसायीको लापरबाहीका कारण ढिलाई भएको छ । २०७८ माघ १० गते भित्र सम्पन्न हुनुपर्ने भएपनि हालसम्म प्रगति छैन ।

    दुलेगौडा–हर्कपुर सडकको १०.१८ किलोमिटर सडक कालोपत्रका लागि विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो । उक्त खण्डको प्रगति हालसम्म ३१.५४ प्रतिशत छ । उक्त खण्डको म्याद अन्तिम पटकका लागि विसं २०८० जेठ १४ गतेसम्म थप भएको थियो । यस अगाडि उक्त खण्डको दुईपटक म्याद थप भइसकेको छ । 

    उक्त खण्ड कालोपत्रका लागि रु २५ करोड १० लाख ६० हजारमा सम्झौता भएको थियो । शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ । पहिलो चरणमा १० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो । ट्रयाक खुलेको २४ वर्षपछि कालोपत्र सुरु हुँदा स्थानीयवासी खुसी भएका थिए । तर कामको प्रगति नबढ्दा स्थानीवासी चिन्तित छन् ।