दुम्सीचौरमा कृत्रिम तालको बाँध निर्माण सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दुम्सीचौरमा कृत्रिम तालको बाँध निर्माण सुरु

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरमा नारेश्वर ताल निर्माणका लागि बाँधको काम सुरु भएको छ । व्यास नगरपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा निर्माण हुन लागेको कृत्रिम तालको बाँध निर्माण थालिएको हो ।

    पर्यटन, कृषि र रोजगारीलाई जोड्ने उद्धेश्यका साथ नारेश्वर ताल निर्माण गर्न लागिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । बाँध निर्माणका लागि आजदेखि कटिङ सुरु गरिएको छ े ।

    कृत्रिम ताल सिचाइँ, मस्त्यपालन लगायत पर्यटनमार्फत् आयआर्जन गर्ने उद्धेश्यका साथ ताल निर्माण थालिएको न्यौपानेको भनाइ छ । ताल निर्माणका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको ताल संरक्षण प्राधिकरणमार्फत् रु दश लाख, व्यास नगरपालिकाबाट रु ५० लाख र गण्डकी प्रदेश सरकारबाट रु एक करोड ५० लाख विनियोजन भएको छ ।