दमौली । राष्ट्रिय भूमि आयोग तनहुँको विज्ञ सदस्यमा विष्णुबहादुर खड्का नियुक्त भएका छन् । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले खड्कालाई आयोगको विज्ञ सदस्यमा नियुक्त गरेको हो ।
खड्का नेकपा एकीकृत समाजवादीका जिल्ला सदस्य हुन् । यसअघिका विज्ञ सदस्य श्रीराम कार्कीले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।