पहिराबाट ज्यान गुमाएकाका परिवारलाई सांसद श्रेष्ठको रु एक लाख
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पहिराबाट ज्यान गुमाएकाका परिवारलाई सांसद श्रेष्ठको रु एक लाख

    खबरपुञ्ज संवाददाता

    १० श्रावण २०७७, आईतवार

    तनहुँ/पहिराबाट ज्यान गुमाएका तनहुँको व्यास नगरपालिका–११ ओडारेका एक परिवारलाई तनहुँका सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले रु एक लाख सहयोग गर्नुभएको छ । गत असार २९ गतेको पहिराबाट ज्यान गुमाएका पदम चेपाङका परिवारलाई सांसद श्रेष्ठले रु एक लाख सहयोग गर्नुभएको हो ।

    उक्त रकम सांसद श्रेष्ठले आइतबार मृतकका श्रीमतीलाई हस्तान्तरण गर्नुभयो । जनतालाई दुःख परेको आफू सँधै जनताको साथमै रहेको बताउँदै सांसद श्रेष्ठले राहत रकमले पीडामा मलम लगाउन सहयोग पुग्ने बताउनुभयो । नेपाल चेपाङ सङ्घ तनहुँका अध्यक्ष समेत रहनुभएका पदमको शव असार ३० गते भेटिएको थियो । यसैगरी सांसद श्रेष्ठले ओडारेका ३६ घर चेपाङ परिवारलाई ४० बोरा चामल समेत उपलब्ध गराउनुभएको छ ।

    शनिबार मात्रै सांसद श्रेष्ठले भानु नगरपालिका–९ सिमलगैह्रामा पहिराले पुरिएर निधन भएका दुई जनाको परिवारलाई रु ५० हजार, व्यास नगरपालिका–९ माझफाँट र गजौडेका दुई छुट्टाछुट्टै परिवारलाई रु २५÷२५ हजार प्रदान गर्नुभएको थियो । सांसदमा निर्वाचित भएपछि तलबभत्ता नलिने घोषणा गर्नुभएका श्रेष्ठले आफूले प्राप्त गर्ने तलबभत्ता विभिन्न सामाजिक सङ्घसंस्थालाई हस्तान्तरण गर्दै आउनुभएको छ ।