आदिकवि स्ववियुको एक वर्ष : यी हुन् कार्यप्रगति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आदिकवि स्ववियुको एक वर्ष : यी हुन् कार्यप्रगति

    खबरपुञ्ज संवाददाता

    ६ चैत्र २०८०, बुधबार

    दमौली । व्यास नगरपालिका-१ स्थित आदिकवि भानुभक्त क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको एक वर्ष पूरा भएको छ। एक वर्षको अवसरमा युनियनले बुधबार कार्यप्रगति सार्वजनिक गरेको छ।

    युनियन सभापति गौरव पन्थले एक वर्षको दौरानमा हामीले गरेका विभिन्न कार्य तथा नीतिगत निर्णयहरुमा सहयोग गर्नेलाई धन्यवाद ज्ञापन गरे ।
    वार्षिक कार्य प्रगति विवरण
    १. रक्तदान कार्यक्रम
    स्व.वि.यु. को आयोजनामा २०८० जेष्ठ १६ गते का दिन क्याम्पस प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत सङ्कलन भएको थियो ।
    २. क्याम्पस सभा हलमा अत्याधुनिक सुविधायुक्त साउण्ड सिष्टम जडान
    विद्यार्थीहरुको विभिन्न कार्यक्रम गर्नका लागि साउण्ड सिष्टम अभावको समस्या हल गर्न सभा हलमा मिक्चर सहितको साउण्ड सिष्टम जडान गरिएको छ । उक्त कार्यपश्चात हरेक कार्यक्रम निकै प्रभावकारी हुँदै आइरहेको छ ।
    ३. बोटानीकल गार्डेन निर्माण
    २०८० जेष्ठ २२ गते अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसर पारेर विज्ञान तथा प्रविधि विभागसँगको सहकार्यमा क्याम्पसमा बोटानीकल गार्डेन निर्माण गरिए
    ४. तनहुँ जिल्लाका स्थानीय सरकारहरुसँग स्व.वि.यु. कार्यक्रम
    आदिकवि भानुभक्त क्याम्पसलाई स्थानीय सरकारसँग जोड्ने उद्देश्यका साथ तनहुँ जिल्लाका विभिन्न पालिका प्रमुख, उप–प्रमुखहरुसँग प्रत्यक्ष भेट गरी विभिन्न योजनाका साथै छात्रवृत्ति माग भएको ।
    ५. विद्यार्थीहरुलाई ह्याप्पिनेस प्रोग्राम
    विद्यार्थीहरुलाई योगा, ध्यान, प्राणयम, सुदर्शन क्रिया मार्फत तनाव व्यवस्थापन गर्ने उद्देश्यका साथ असार ६ गतेदेखि ५ दिने ह्याप्पिनेस प्रोगास स्वामी पूर्णतेजजीको सहयोगमा सफलतापूर्वक सम्पन्न भएको ।
    ६. नेपाल राष्ट्रहित विरुद्धको वाक्य संवाद समावेश चलचित्र बन्द कार्यक्रम
    दक्षिण भारतीय चलचित्र आदिपुरुषमा समावेश गरिएको जानकी भारतकी छोरी हुन भन्ने वाक्य सहितको संवाद नहटाएसम्म दमौलीको त्तँह् ऋष्लझबक मा प्रदर्शनमा रहेको बन्द गरिएको ।
    ७.सम्पूर्ण क्लबका पदाधिकारीहरुका लागि उद्घोेषण तालिम
    क्याम्पसमा सक्रिय रहेका विभिन्न क्लबहरुका पदाधिकारीहरुका लागि उद्घोषण तालिम प्रदान गरिएको ।
    ८. कक्षा ९, ११ का विद्यार्थीहरुलाई स्वागत तथा १२ का विद्यार्थीहरुलाई बधाई कार्यक्रम
    २०८० भाद्र ११ गतेका दिन स्व.वि.यु. को संयोजन तथा सहयोगमा कक्षा ९, ११ का विद्यार्थीहरुलाई स्वागत तथा १२ का विद्यार्थीहरुलाई बधाई कार्यक्रम सम्पन्न भएको ।
    ९. हरि तालिका तिजको अवसरमा मौलिक तिज गीत प्रतियोगिता एवं दर खाने कार्यक्रम
    हिन्दु नारीहरुको महान चार्ड हरि तालिका तिजको अवसर पारेर कला संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ मौलिक तिज गीत प्रतियोगिता एवं दर खाने कार्यक्रम निकै सफतापूर्वक सम्पन्न भएको ।
    १०. चमेना गृह व्यवस्थापन
    विद्यार्थीहरुको चमेना गृह सम्बन्धमा निकै गुनासो आएपछि स्थलगत अनुगमन गरी स्व.वि.यु. क्याम्पस प्रशासन र चमेना गृह सञ्चालक बीच त्रिपक्षीय बैठक बसेर छलफल गरी चमेना गृहको गुणस्तर बृद्धि गर्ने काम भएको ।
    ११. कक्षा कोठा व्यवस्थापन, गुनासो पेटिका र घडी जडान
    विद्यार्थीहरुलाई अध्ययन गर्न र समस्या राख्न सहज बातावरण होस भनी स्व.वि.यु. ले गुनासो पेटिका र कक्षा कोठामा घडी जडान गरिएको छ । साथै २२५ वटा डेक्स बेन्च मर्मत गर्नुका साथै द्यद्यब्, द्यक्ष्ऋत्भ् भवनमा ब्ऋ को पनि व्यवस्था गरिएको ।
    १२. छात्रा शौचालयको व्यवस्था
    यस क्याम्पसमा अधिकत्तम छात्राहरु अध्ययन गर्ने कुरालाई मध्य नजर गर्दै शौचालयको नियमित सरसफाईको व्यवस्था र छात्राहरुको विशेष शौचालयको माग गरेकोमा क्याम्पसबाट सम्बोधन भई स्थानीय सरकारको सहयोगमा निर्माण भइरहेको ।
    १३. स्व.वि.यु. खानेपानी योजना
    यस क्याम्पसमा लामो समयदेखि खानेपानीको अभाव र अपुग हँुदै आएको समस्यालाई मध्यनजर गर्दै स्व.वि.यु. खानेपानी योजना सुरु गरी गण्डकी प्रदेश सरकारको सहयोगमा रु १८,००,००० । विनियोजन भै डिप बोरिङको योजना सुरु भै निर्माण कार्य अन्तिम चरणमा पुगेको ।
    १४. विद्यार्थीहरुका लागि यातायातको सहजीकरण
    यस क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि बिहानी सत्रमा विभिन्न ठाउँबाट गाडीको व्यवस्थापन गर्दा जि.टा.प्र.का. बाट बढी यात्रु राखेको भनी रोकेपछि जि.प्र.का.मा प्रहरी, ट्राफिक प्रहरी र स्व.वि.यु.को सयुक्त छलफल गरी उक्त समस्याको समाधान गरिएको ।
    १५. स्वयम सेवकका रुपमा विभिन्न कार्यक्रममा सहयोग
    यस क्याम्पसले गर्ने विभिन्न कार्यक्रमहरुमा स्व.वि.यु.को समितिबाट स्वयम सेवकको रुपमा सहयोग गर्दै आइरहेको र क्याम्पसदेखि छाब्दीसम्मको मिनी म्याराथन कार्यक्रममा सबै भन्दा कम उमेरको प्रतिस्पर्धी कृतिक घर्तीलाई प्रोत्साहन स्वरुप प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरिएको ।
    १६ . शुल्क समायोजन, छात्रवृति व्यवस्थापन तथा फाराममा सहजीकरणमा नीतिगत निर्णय
    क) छात्रवृति आवेदनका लागि अनिवार्य आन्तरिक परिक्षा पास गर्नुपर्नेमा त्यसलाई परिमार्जन गरी २५ % छात्रवृति अन्य विपन्न विद्यार्थीहरुलाई दिने निर्णय पास गरिएको ।
    ख) एकाघरमा विवाह समारोह, शोक, बिरामी र संवेदनशील समस्या परेर छात्रवृति परीक्षा छुट भएमा प्रमाण सहित निवेदन पेश भएमा संवोधन गर्ने निर्णय भएको ।
    ग) क्याम्पसको मासिक शुल्कमा विशेष अध्ययन गरेर समायोजन गरी विद्यार्थीहरुले ३ महिनाको छात्रवृत्ति प्राप्त गर्दै आएकोमा नयाँ शैक्षिक वर्षबाट लागु हुने गरी कम्तीमा ४ महिनाको छात्रवृति प्रदान गरिने निर्णय भएको ।
    आगामी वर्षका योजनाहरु ः
    १. शिक्षा सेवा, लोकसेवा र बैङ्किङ सेवाको तयारी कक्षा सञ्चालन गर्ने ।
    २. छात्रवृति कोष वृदिका लागि विभिन्न शीर्षकमा छात्रवृति कार्यक्रम अभियान सुरुग र्ने ।
    ३. विभिन्न तहका सरकारहरुसँग थप छलफल गरी विभिन्न योजनामा क्याम्पससँग जोड्ने ।
    ४. विभिन्न रोजगारका अवसर प्रदान गर्न