दमौली । दमौलीमा १७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका-१० डिहीगाउँ बस्ने लमजुङको मध्यनेपाल नगरपालिका-१ का ३० वर्षीय रघु विक रहेको प्रहरीले जनाएको छ ।
विकले ती किशोरीलाई व्यास नगरपालिका-४ स्थित होटलमा लगि गत सोमबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।