मास्क प्रयोग नगर्ने एक सयलाई कारवाही
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मास्क प्रयोग नगर्ने एक सयलाई कारवाही

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०७७, बुधबार

    तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले मास्क प्रयोग नगर्ने एक सय जनालाई बुधबार कारवाही गरेको छ । कोभिड–१९ को जोखिम कायमै रहेको र घरबाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न पटक–पटक अनुरोध गरेपनि उक्त अनुरोध अटेरी गर्ने एक सय जनालाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।

    मास्क प्रयोग नगरी पैदल हिँड्ने र सवारी चलाउनेलाई कारवाही गरेर प्रति व्यक्ति रु एक सयका दरले जरीवाना गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । “जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयले पहिलो चरणमा मास्क प्रयोगका लागि सचेतना कार्यक्रम सञ्चालन गरेको थियो,” तिमिल्सिनाले भन्नुभयो, “तर उक्त अनुरोधलाई कार्यान्वयन नगरेको पाइएपछि कारवाही गर्ने अभियान शुरु गरेका छौ ।” उहाँका अनुसार कारवाहीमा परेकाहरुलाई कोरोना भाइरसको बारेमा पूर्ण रुपमा जानकारी समेत गराइएको छ ।