लायन्स क्लव तनहुँ सत्यवतीद्वारा ह्विलचियर सहयाेग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लायन्स क्लव तनहुँ सत्यवतीद्वारा ह्विलचियर सहयाेग

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । लायन्स क्लव अफ तनहुँ सत्यवतीले अपाङ्गता भएका दुई व्यक्तिलाई ह्विल चियर सहयोग गरेको छ । क्लवले देवघाट गाउँपालिका वडा नं. ५ का लाल माया आले र कुमार पाण्डेलाई ह्विलचियर सहयोग गरेको हो ।

    क्लवले मंगलवार देवघाट ५ स्थित आले र पाण्डेको घरमा नै पुगेर ह्विलचियर प्रदान गरेको हो । देवघाट गाउँपालिका वडा नंं ५ का अध्यक्ष पूर्णबहादुर कुँवरको समन्वयमा १० वर्षीया लालमाया आले र ३७ वर्षीय कुमार पाण्डेलाई क्लवकी अध्यक्ष रामशोभा श्रेष्ठले ह्विलचियर प्रदान गरेकी हुन् ।

    लालमाया आले जन्मजात नै अपाङगता भएकी व्यक्ति हुन् भने कुमार पाण्डे पाँच बर्ष अघि माटो खन्ने क्रममा ढिस्कोले पुरिदा अपाङ्गता भएका हुन् । नेपाल प्रहरीमा जागिरे समेत रहेका पाण्डे हाल ह्विलचियरको साहारामा आफ्नो दैनिकी बिताउँदै आएका छन् ।

    देवघाट अपाङ्ग सरोकार समितिका कार्यवाहक अध्यक्ष समेत रहेका पाण्डेले आफ्नो खुट्टा भनेको नै ह्विलचियर भएको बताएका छन् । उनले ह्विलचियर प्रदान गरेकोमा सत्यवती परिवारप्रति आभार समेत व्यक्त गरेका थिए ।